चक्रपथभित्र ट्रक चलाउन रोक, हट्ला ट्राफिक जाम ?

काठमाडौं, असार २७ । सरकारले असार २८ गतेदेखि काठमाडौंको चक्रपथमा कार्यालय सञ्चालनको समय बिहान र बेलुका ट्रक, टिप्पर र मिनि ट्रक चलाउन रोक लगाउने भएको छ।

मंगलबार यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसाय महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घको यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले बिहान– ९ बजेदेखि ११ बजे र बेलुका ४ बजेदेखि ७ बजेसम्म ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

याे पनि पढ्नुस  कारबाहीमा परेका सवारीसाधनबाट एक करोड ६२ लाख राजस्व स‌कलन

उक्त समयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनिट्रक र टिप्परमा रोक लगाउने निर्णय गरेको शो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे सबै नाकाबाट काठमाडौँ भित्रिने ट्रक, टिप्पर र मिनिट्रकलाई कार्यालय अवधिमा सञ्चालनका लागि रोक लगाएको बताए।

याे पनि पढ्नुस  भोलिदेखि ३ तीनसम्म उपत्यकामा जोरविजोर प्रणाली लागू हुने, कसले कहिले चलाउन पाइने ?

कमेन्ट गर्नुहोस्