बनाएर नसकिदै भत्कियो सडक, मर्मतले पनि भएन

चितवन, असार २७ । चितवनको रत्ननगर नगरपालिका क्षेत्रमा निर्माणाधिन चारलेनको सड्क बनाएर नसकिदै भत्किएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका क्षेत्रमा निर्माणाधिन चारलेनको नमुना सडक निर्माणमा चरम लापरबाही भएको छ ।

सडकको निर्माण नसकिँदै बीचमै दबिने, अलकत्रा सोहोरिएर ठूला–ठूला ढिस्का बन्ने र भत्किने समस्या देखिएको छ ।

निर्माण नसकिँदै मर्मतको काम शुरु भएपनि पहिलो चरणको मर्मत सकिँदासमेत ढिस्को उठ्ने र दबिने क्रम रोकिएको छैन ।

मर्मत गरेकै स्थानमा पुनः भत्किने थालेपछि स्थानीय बासी आक्रोशित भएका छन ।

कमेन्ट गर्नुहोस्