बलात्कार पछी हत्या गरिएको शंका

प्रेम सुनार
गुल्मी, असार २७ । हिजो दिउँसो बढिघाट खोालमा भेटिएको एक महिलाको शव पहिचान भएको छ । उनि गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–१ की ३५ वर्षीय गीता नेपाली भएको खुलेको हो ।
गुल्मी जिल्लाकै साविकको ईस्मा गाविसमा विवाह भएको र चार छोराछोरीकी आमा गीता लोग्नेसंग राम्रो सम्वन्ध नभएपछि माईती नजिकै छाप्रो बनाएर बस्ने गरेकी थिइन ।

गीताको नाम नखुलेका एक युवासंग लसपस रहँँदै आएको छिमेकीले बताए । उनी आइतबर भाउजू सीता नेपालीसँग वाग्लुङ्ग जिल्लामा पर्ने लव्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न गएकी थिइन । साँझ घर फर्किने क्रममा सगै काम गर्ने एक जना कामदारको फोन आएपछी म एक छिन पछी आउछु भनि भाउजूलाई पठाएर गीता त्यहि बसेको बताइएको छ ।

धेरैबेरसम्म गीता नआएपछी भाउजू सीताले गीताको मोबाईलमा फोन गर्दा स्वीजअफ भनेपछी उनी घर गएको बताइन ।

स्थानीयका अनुसार मृतक गीता र त्यस युवकवीच बारम्बार फोनमा कुराकानी, भेटघाट, बसउठ भैरहने गथ्र्यो । दुबैवीच अवैध सम्वन्ध भएकै कारण यो घटना घट्न गएको चर्चा गरिएको छ ।

दुबैवीचको अनैतिक यौन सम्पर्कबाट गर्भ रहन गएपछी यो घटना भएको स्थानीयले आशंका गरेका छन् भने बलात्कार पछी हत्या गरी बडीगाड खोलामा शवलाई फालेको हुनसक्ने पनि स्थानीयमा चर्चा चलेको छ ।

गीताको शव सोमबार विहान वाग्लुङ्गको खरवाङ्ग नजिकै बढिघाट खोलामा फेला परेपछि निकै जोखिम मोलेर ईलाका प्रहरी कार्यालय खर्वाङ्गले खोलाबाट बाहिर निकालेको थियो ।

कमेन्ट गर्नुहोस्