सैनिक विमान दुर्घटनामा परी १६ जनाको मृत्यु

एजेन्सी, असार २७ । अमेरिकाको मिसिसिपी राज्यमा एक सैनिक विमान दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ ।

मध्य मिसिसिपीको लेफोरे प्रान्तमा सेनाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सैनिक प्रवक्ता क्याप्टेन सराह बर्न्सलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले विमानको भग्नावशेषबाट १६ व्यक्तिको शव निकालिएको जनाएका छन् । उक्त विमान सैनिकको कार्गो बिमान रहेको बताइएको छ ।

उक्त दुर्घटनामा परी ज्यान जानेमा सो विमानमा सवार रहेका सैनिक परेका छन् । सो विमानको दुर्घटनाको बारेमा अनुसन्धान सुरु भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्