राजनीतिक निकासका लागि प्रचण्डका तीन विकल्प

काठमाडौं, असार २७ । संविधान संशोधन विधेयकका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख तीन दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक निकासका लागि तीन विकल्प प्रस्तुत गरेका छन् ।

अध्यक्ष दाहालले प्रस्तुत गरेको पहिलो प्रस्तावः संविधान संशोधन परिमार्जनसहित पारित गर्ने। परिमार्जन गर्दा एमालेसँग पनि सहमतिमा गर्ने। दोश्रो, पास फेल जे हुन्छ प्रक्रियामा जाने। तर प्रक्रिया र त्यसको परिणाम एमाले र राजपा दुवैलाई मान्य हुनुपर्ने प्रस्ताव र तेश्रो, प्रस्ताव भने संविधान बमोजिम तिनै तहको निर्वाचन नहुँदासम्म संशोधन थाती राख्ने।

अध्यक्ष दाहालले संघीय संसदको निर्वाचनमा संशोधनको एजेण्डा बोकेर जान सबै तयार हुनुपर्ने बताएका थिए।

कमेन्ट गर्नुहोस्