उत्तर कोरियालाई एक्ल्याउन जापानी मन्त्री ओडावारा नेपालमा

काठमाडौँ, असार २८ ।  अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियालाई विश्व समुदायबाट एक्ल्याउन जापान नेपालसम्म आइपुगेको छ ।

जापानका संसदीय उपविदेश मन्त्री कियोशी ओडावारा अहिले नेपालमा छन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी एउटै आग्रह गरे, ‘उत्तर कोरियासँगको आवतजावत रोक्नोस् ।’

खासगरी उत्तर कोरिायसँगको सम्बन्धलाई लिएर जापानी मन्त्रीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग कुरा गरेका थिए । प्रधानमन्त्री देउवासँगको भेटमा उनले स्पष्ट शब्दमा उत्तर कोरियासँगको व्यापार सहयोग रोक्न आग्रह गरेका थिए । त्यतिमात्र होइन, जापानी मन्त्री ओडावाराले उत्तर कोरियामाथि कडा नीति लिन समेत सुझाएका थिए ।,नागरिकमा खबर छ ।

‘उत्तर कोरिया विश्वका लागि खतरा बन्दै गएको छ । कोरियासँगको व्यापार सहयोग तपाईंहरुले रोकिदिनुप¥यो । उत्तर कोरियाली नागरिकलाई आवतजावतमा कडाइ गर्नुप¥यो,’ प्रधानमन्त्रीसँग जापानी मन्त्रीले आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्