जम्मु–काश्मिर: सुरक्षाबल र आतंकवादीको मुठ्भेडमा तीन मारिए

असार २८ । जम्मु–काश्मिरको बडगाममा सुरक्षाबल र आतंकवादीबीच भएको मुठभेडमा तीन आतंकवादी मारिएक छन् ।

यो सबै हिजबुल मुजाहिद्दीन भएको बतारहेका छन् । मिडिया रिपोर्टस्को जानकारी अनुसार ती आतंककारीको नाम दाउद र जावेद छन् ।

जानकारी अनुसार सुरक्षाबलका जवान इलाकामा सर्च अपरेशन चलिरहेको थियो, यसैबीच आतंककारीले फायरिङ्ग सुरु गरेको थियो । एनकाउन्टरको यो घटना जम्मु काश्मिरका अनन्तनागमा अमरनाथ यात्रु बसको हमला भएको एकदिन पछि अगाडि आएको छ ।

सोमबार (१० जुलाई) को अमरनाथ यात्राको क्रममा भएको आतंकवादी हमलामा सात जनाको मृत्यु र ३० जना घाइते भएको छ ।

मृत्यु भएको धेरै जसो गुजरातका थिए । यो हमलामा अनन्तनाग जिलेको श्रीनगर–जम्मु नेशनल हाइवेमा राति करिब ८ बजेर १० मिनेटमा भएको थियो ।

कमेन्ट गर्नुहोस्