९ केजी सुन सहित पक्राउ

काठमाडौँ, असार २८ ।  काठमाडौंको सितापाईलाबाट ९ केजी सुन सहित एकजना पक्राउ परेका छन् ।

मंगलबार साँझ ९ ओटा सुनका बिस्कुट सहित साईमन सोनामलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले जानकारी दिए ।

सोनामले उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै काठमाडौं ल्याएको बताईएको छ ।

 

कमेन्ट गर्नुहोस्