दुर्घटनामा वृद्ध महिलालको मृत्यु

मलेखु (धादिङ), असार २८ । त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत सल्यानटार– २ सानागाउँमा जिपको ठक्करबाट आज एक वृद्ध महिलाको मृत्यु भएको छ ।

सल्यानटार स्थित सानागाउँमा ना १ ज ४२०० न को जिप पछाडि हटाउने क्रममा ठक्कर दिँदा ६० वर्षीया मङ्गली कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि सवारी चालकलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्