शर्माको रिटमाथि सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं, असार २८ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न परेको रिटमाथि कारण देखाउ आदेश जारि गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले शर्मालाई थुनामा राख्नुको कारण आगामी शुक्रबार पेश गर्न विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले शर्मालाई समेत अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेकी थिइन ।

कमेन्ट गर्नुहोस्