दुई वर्ष बित्दाँ पनि पीडितले अनुदान पाएनन्

पर्वत,असार २८ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पर्वतका भूकम्प पीडितले अहिलेसम्म आवास अनुदान रकम पाउन सकेका छैनन् ।

अनुदान रकम प्राप्तीको झण्झटिलोे प्रक्रियाका कारण उनीहरु यो वर्ष पनि आवास अनुदान रकम प्राप्त गर्न नसक्ने भएका हुन ।

पर्वतमा भूक्म्पबाट घर पूर्ण क्षति भएका लाभग्राहीको संख्या पाँच हजार तीन सय ६९ रहेको छ । जसमध्ये हालसम्म तीन हजार ९ सय ९ जनाको अनुदान सम्झौता भइ सकेको छ ।

याे पनि पढ्नुस  स्वयम्भूकाे शान्तिपुर मन्दिर जीर्णाेद्वार हुन नसकेर अलपत्र

तर जिल्ला समन्वय समितिले कोष तथा लेखा नियन्त्रण कार्यालयमा निकासा मागेको भए पनि अहिलेसम्म पीडितले उक्त रकम प्राप्त गर्न सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्