नारायणगढ मुग्लिन सडकखण्डमा ठूलो पहिरो, हजारौं यात्रु अलपत्र

चितवन, असार २८ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो भन्ने स्थानमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।

दिउँसो साढे ३ बजेदेखि पहिरो खसेको नारायणगढ–मुग्लिन सडकखण्डका इन्जिनियर शिव खनालले जानकारी दिएका छन् ।

पहिरो खस्ने क्रम जारी नै रहेकोले पहिरो खस्न रोकिएपछि मात्रै पन्छाउने काम सुरु हुने उनलेजानकारी दिएका छन् ।

खनालका अनुसार पहिरो पन्छाउनका लागि २ वटा डोजर तयारी अवस्थामा राखिएको छ । पहिरो झर्ने क्रम रोकिएपछि मात्रै पन्छाउने काम सुरु हुन्छ, उनले भने ।

पहिरो झरेर बाटो अवरुद्ध भएसँगै सयौं गाडी राजमार्गमा अलपत्र परेका छन् । असार २५ गते देखि सो खण्डमा राति गाडी चलाउन पनि निषेध गरिएको छ ।

कमेन्ट गर्नुहोस्