अमेरिकन पेस्तोल र लागूऔषधसहित दुईजना पक्राउ

सर्लाही, असार २८ । प्रहरीले हतियार र अवैध लागू औषधसहित सर्लाहीको नवलपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

बा १६ च ३२४९ नम्बरको कारमा मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेका हरिवन नगरपालिका–११ का ३५ वर्षका महम्मद रिजवान र हरिवन नगरपालिका– ३ का ३७ वर्षका कर्णबहादुर ब्लोनलाई प्रहरीले जुटपानीबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट अमेरिकन पेस्तोल एक थान, एक वटा म्याग्जिन, १६ थान लागू औषध नाइट्रोभेट ट्याब्लेट, ५९ हजार नेपाली रुपैँया, एक हजार भारतीय रुपैँया बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलार्इ लागूऔषध तथा हातहतियार खरखजाना मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्