५० लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं, असार २८ । पाँचसय र एक हजारका करिब पचास लाख अबैध भारतीय नोटसहित राजधानीबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–८ का मानहादुर लामा र काठमाडौंको स्वयम्भूका अमित डंगोल छन् ।

उनीहरुले केही समय पहिल्यैदेखि भारतबाट पुराना पाँचसय र हजारका नोट नेपाल ल्याएर ठग्ने गरेको पाइएपछि पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले जनाएको छ ।

उनीहरुलाई मंगलबार सिआइबीले काठमाडौंको खुशिबुबाट ४९ लाख ५० हजार भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनालाई कारबाहीका लागि राजश्व अनुस्न्धान विभाग पुल्चोक पठाइएको छ ।

कमेन्ट गर्नुहोस्