कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई

 

एजेन्सी, असार २८ । साउदी अरेबियाको नेतृत्वमा छिमेकी अरबी मुलुकले जारी राखेको नाकाबन्दीका बीच देशमा दुधको आपूर्ति बढाउन कतारले विमानमार्फत दर्जनौ दुधालु गाई दोहा पुर्याइएको छ।

पहिलो खेप अन्तर्गत १६५ होलस्टाइन गाई जर्मनीबाट कतारको राजधानी दोहा पुर्याइएको हो । कुल चार हजार त्यस्ता गाई विमानमार्फत आयात गरिन लागिएको छ ।

कतार एयरवेजको कार्गो विमानबाट बुडापेष्ट हुँदै मंगलबार ती गाई दोहा आइपुगे। आयतित गाईलाई विशेष डेरी फार्ममा लगियो छ। ती गाई पावर इन्टरनेशनल नामक एक कतारी कम्पनीले ती आयात गरेको हो ।

कम्पनीका अनुसार सबै गाई लगेपछि तिनले कतारको दुग्ध मागको एक तिहाई पूर्ति गर्न सक्नेछन्। छिमेकीहरुले स्थल, सामुद्रिक तथा हवाई नाकाबन्दी लगाइदिएपछि कतारमा समस्या आइपरेको छ।

कमेन्ट गर्नुहोस्