पेन्सनको लोभले राजीनामा नदिई एडीबीको जागिर खान गए मुख्यसचिव

काठमाडौं असार २९ ।  मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन् ।

उनी साउन १ गतेदेखि पद सम्हाल्न एडीबीको मुख्यालय फिलिपिन्सको मनिला जाँदै छन्,  कान्तिपुरमा खबर छ ।

सुवेदीको पेन्सन बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषदसमेत सहयोगी बनिदिएको स्रोतले जनायो । देउवा र मन्त्रिपरिषद्ले एडीबीमा जागिर खान जान लागेका सुवेदीको राजीनामा माग्नुको सट्टा उनको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ ।

कमेन्ट गर्नुहोस्