ओलीले “रअ” संग पैसा लिएको अाराेप, पार्टीमै आवाज उठ्यो

काठमाडौं असार २९ । नेकपा एमालेका अध्यक्ष केपी अाेलिलार्इ स्थानीय तहको चुनावका लागि ‘रअ’ ले पैसा दिएकाे अाराेप लागेकाे छ ।

सोमबार पार्टी मुख्यालय धुम्रबाराहीमा बसेको स्थायी समिति बैठकमा युरोपियन यूनियनले नेपालमा क्रिश्चियनको प्रचारका लागि एमाले निकटका एनजिओमार्फत निर्वाचन खर्च दिएको आरोप लगार्इएकाे  युनाईटेड पोष्टमा खबर छ ।

केपी ओलीले पनि लैनचौरस्थित भारतीय दूतावासमा रातिराति पुगेर सल्लाह लिने गरेको स्रोतको दाबी छ ।

स्थायी समिति बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र उपाध्क्ष बामदेब गौतमले एमालेलाई चुनावमा खर्च गर्ने पैसा कहाँबाट आयो भनेर प्रश्न उठाएका थिए । तर, अध्यक्ष ओलीले गोलमटोल जवाफ दिए । चित्तबुझ्दो जवाफ नआएपछि नेपाल, खनाल र गौतमले क्षणिक लाभका लागि राष्ट्र र राष्ट्रियतालाई बन्धक राखेर पैसा लिन नहुने धारणा राखेको उच्च स्रोतले जनायाे ।

 

 

कमेन्ट गर्नुहोस्