भुवन र अनमोलबारे टिप्पणी गर्दा अभिनेत्री पूजा विवादमा

"सुस्मिताको टिप्पणी– ‘हिजो भर्खर आएको चल्ला चुचु गरेको राम्रो हुन्न’

अभिनेत्री पूजा शर्मा बिवादमा मुछिएकी छन् । आफुले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउछु’ प्रचारको क्रममा एक अनलाइन मिडियालाई नायक भुवन केसी र अनमोल केसी भाग्यले चलेका हुन् भन्ने अभिब्यक्ति दिएपछि उनी बिवादमा मुछिएकी हुन् ।

समाचार सार्वजनिक भए लगतै भुवन पत्नी तथा अनमोलकी आमा सुस्मिता केसीले आक्रोश पोखेकी छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै पुजाप्रति आक्रोश पोखेकी हुन् ।

केही दिनअगाडि हेटौडामा आयोजित डि सिने अवार्डमा पुजा र सुस्मिता पटक पटक एक साथ देखिएका थिए ।

चलचित्र क्षेत्रमा ४० वर्ष बिताइसकेको मान्छेको अगाडि ‘हिजो भर्खर आएको चल्ला चुचु गरेको राम्रो हुन्न’ केसीले आफ्नो स्टाटसमा लेखेकी छन् । केसीले स्टाटस लेखेपछि यो विषयले चर्चाको रुप लिएको छ । केसीको  गाली सहितको स्टाटसमा निर्देशक सुदर्शन थापालाई समेत गाली गरिएको छ ।

यस विषयमा सुर्दशनले आफुलाई मुच्छ नहुने बताएका छन् । सुस्मितालाई आफुले अग्रज मान्ने गरेको बताउदै थापाले कुरै नबुझि यसरी गाली गर्नु नराम्रो हुने बताएका छन् । थापाले ‘म यस्तो गीत गाउछु’ को ट्रेलर सार्वजनिक भएसँगै केसीले आफुहरुसँग नराम्रो ब्यवहार गर्न थालेको उल्लेख गरेका छन् ।

सुदर्शन र पुजाले निर्माण गरेको चलचित्र म यस्तो गीत गाउँछु शुक्रबारबाट प्रदर्शनमा आउदैछ । चलचित्रको आज साझ प्रिमिएर समेत राखिएको छ ।

रातोपाटीबाट

कमेन्ट गर्नुहोस्