नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्रकिशोर नियुक्त

काठमाडौं, असार २९ । नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

श्रेत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । उनी कानुन सेवाबाट प्रशासनमा आइ सचिव बनेका हुन ।

मुख्य सचिव सोमलाल सुवेदी एडिबीको उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त बनेपछि आजको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई सचिवमा नियुक्त गरेको हो ।

कमेन्ट गर्नुहोस्