नवाजुद्दीनको हट किस सिन चर्चा

असार २९ । बलिउडमा गम्भीर भूमिकाका लागि परिचित अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नो आगामी फिल्म ‘बाबूमोशाय बन्दूकबाज’ मा हट किस सिन दिएका छन् ।

फिल्मको ट्रेलर सार्वजनिकसँगै उनले पहिलो पटक चलचित्रलाई दिएको किस सिनको सर्वत्र चर्चा हुन थालेको छ ।

फिल्ममा अभिनेत्री बिदिता बेगसँग नवाजको किस सिन समावेश गरिएको हो ।

ट्रेलर लन्च गर्ने कार्यक्रममा नवाजले पहिलोपटक यस्तो सिन दिँदा भएको अनुभव सेयर गरेका थिए । उनले यो सिन दिँदा आफू निकै नर्भस बनेको बताए ।

उनले भने, ‘मैले पहिलोपटक स्क्रीनमा इन्टिमेट सिन गरेको हुँ । यस्तो सिनको सुटिङ गर्दा मजा आउँदैन रहेछ, बरु मनमा अनेक प्रकारका भावहरु उत्पन्न हुँदा रहेछन् । मलाई यो सिनमा फोकस गर्न निकै गाह्रो भयो ।’

फिल्ममा नवाजका साथमा दिब्या दत्ता र बंगाली अभिनेत्री बिदिता बेगको अभिनय रहेको छ । नवाजले फिल्ममा आफ्नो चरित्र निभाउनका लागि बन्दूक चलाउने विशेष तालिम लिएका थिए ।

कमेन्ट गर्नुहोस्