कपिलबस्तुमा विद्यालयमा आगलागी, दुई वटा दमकल वेकाम, अागाे नियन्त्रणकाे प्रयास

कपिलबस्तु, असार २९ । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित एचडी मेमोरियाल विद्यालयमा आगलागी भएको छ । विहान विद्यालयमा परिक्षा संचालन भइरहेको अवस्थामा एक्कासी आगलागी भएको हो ।

आगलागी भएको समाचार पाएलगत्तै दुईवटा दमकलहरु घटनास्थलमा पुगेको भएपनि एउटामा पानी नभएकोले पुनः पानी लिन फर्कियो भने अर्काेलाई चलाउनका लागि दक्ष प्राविधिक नभएपछि हाल स्थानीयको पहलमा आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको छ । कपिलबस्तु नगरपालिकामा भएका दुईवटै दमकल वेकामका भएका छन् ।

विद्यालय भवनसँगै जोडिएको विजुलीको पोलभएका कारण विद्युत सर्ट भएर आगलागी भएको अनुमान लगाइएको छ । घटनामा अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

कमेन्ट गर्नुहोस्