विद्यालयमा लागेको आगो नियन्त्रणमा

कपिलबस्तु, असार २९ । कपिलवस्तुको तौलिहवामा अवस्थित एच. डि. मेमोरियल स्कुलमा आज विहानदेखि लागेको आगो नियन्त्रणमा आएको छ ।

बिद्यालयमा परिक्षा चलिरहेको अवस्थामा विद्यालयसँगै जोडिएको विजुलीको खम्बामा विद्युत सर्ट भएर उक्त आगो लागेको थियो ।

उक्त आगो अहिले नियन्त्रणमा आएको छ । आगोलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

याे पनि पढ्नुस्

कपिलबस्तुमा विद्यालयमा आगलागी, दुई वटा दमकल वेकाम, अागाे नियन्त्रणकाे प्रयास

कमेन्ट गर्नुहोस्