प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार : गृहमन्त्री शर्मा

काठमाडौं, असार २९ । गृहमन्त्री जर्नादन शर्माले प्रजातन्त्र र कानुनी शानको मुख्य बाधक भ्रष्टाचार भएको बताएका छन् ।

सार्क गृहमन्त्रीस्तरीय बैठकलाई बिहीबार श्रीलंकाको राजधानी कोलम्बोमा सम्बोधन गर्दै गृहमन्त्री शर्मा भ्रष्टाचारले राजनीति, त्यससँग सम्बन्धित संस्थाहरु र राजनीतिक नेतृत्वमाथी समेत जनताको विश्वास गुम्ने अवस्था आएको बताए ।

अहिलेको आतंकवाद र आपराधिक क्रियाकलाप विरुद्ध उच्चतम प्रयास चाले पनि समस्या समाधानमा कठिनाइको भएको पनि उनले बताए ।

मन्त्री शर्माले भर्खरै नेपालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक रुपान्तरण हुने दावी गरे ।

भव्य स्वागत सत्कारकालागि श्रीलंकाली सरकारलाईधन्यवाद दिँदै गृहमन्त्री शर्माले सार्कको महासचिव अहमद हुसेन बी सीयललाई बधाई दिएका थिए ।

मन्त्री शर्माको टोली शुक्रबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्