एनसेलले सबै कर छिटाे तिराेस् : समिति

काठमाडौं, असार २९ । एनसेलबाट करबापतको बाँकी रकम तत्काल लिन संसदको लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

एनसेलले पुँजीगत लाभकर, ब्याज र जरिवाना गरेर ६० अर्ब ७१ करोड तिर्नुपर्नेमा यसअघि २३ अर्ब ५७ करोड ४२ लाख मात्र बुझाएको छ ।

समितिको बिहीबार बसेको बैठकले एनसेलले तिर्न बाँकी रकम तत्काल असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले आजियाटा र टेलियासोनेराले तिर्नुपर्ने कर, ब्याज र जरिवानाको सबै विवरण बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै, पुँजीगत खर्च बढाउन र असारे विकास रोक्न पनि समितिले निर्देशन दिएको छ । समितिले वैदेशिक भ्रमण धेरै भएकाले भ्रमणको विवरण पेश गर्न प्रधानमन्त्रीको कार्यालय र अर्थलाई निर्देशन समेत दिएको छ । बैठकमा समितिमा १२ जना सांसदले एनसेलबाट बाँकी कर असुल गर्न माग गरेका थिए ।

कमेन्ट गर्नुहोस्