रामदेवले खोले सुरक्षा कम्पनी, भूपु सेना र प्रहरीसगैं युवाहरू भर्ती गरिने

एजेन्सी, असार २९ । औषधीमा साम्राज्य जमाएका योगगुरू बाबा रामदेवले सुरक्षामा पनि हात हालेका छन ।  बाबा रामदेवले निजी सेक्युरिटी कम्पनी खोलेका हुन । ‘पराक्रम सुरक्षा प्राइभेट लिमिटेड’ नाममा खोलिएको उक्त कम्पनीमा भातीय सेना र पुलिसका रिटार्यड उच्च अधिकारीहरुले तालिम दिने बताइएको छख ।

पतंजलि योगपिटका संस्थापक योगगुरु बाबा रावदेवले भारतको हरिद्वारमा नयाँ सेक्युरिटी कम्पनीको उद्घाटन गरेका हुन । स्वदेशी उत्पादनलाई जोड दिएर पतंजली जस्तो आर्योबेदिक औषधी मार्फत चर्चित बनेका बाबा रामदेवले आफुनो र देशको सुरक्षाका लागि अब व्यक्ति स्वयलाई तयार गर्न लागेका हुन । त्यसैका लागि आफूले पराक्रम नामको सुरक्षा एन्जेसीको गठन गरेको बताउका छन् ।

पंतजलिको उच्च स्रोतका अनुसार बाबा रामदेवले सुरक्षा एजेंसीका लागि भारतीय सेना र पुलिका रिटायर्ड अधिकारीले भारतीय गुवाहरुलाई सुरक्षा तालिम दिने छ । यसवर्षको अन्तसम्ममा यस सम्बन्धी पुरा रूपरेखा तयार गर्नै योजनामा बाबा रामदेव रहेका छन ।

रिटायर्ड अधिकारीहरुले स्वयंसेवकको रूपमा ‘पराक्रम’ मासेवा दिनका लागि कयौं व्यक्ति सामेल भई सकेका छन जसले युवाहरुलाई सुरक्षा रण्नीतिका बारेमा जानकारी गराउने छन ।

रिर्पोटहरुका अनुसार केही युवायुवतीले अहिले हरिद्वारस्थित पतंजलिमा शानदार रुपमा तालिम लिइरहेका छन् । पराक्रमको सुरक्षा तालिममा अहिले युवायुवतीलाई मांसपेशी तन्काउने, डोरीमा हिड्ने र दौडसम्बन्धी तालिम दिइरहेको छ ।

कमेन्ट गर्नुहोस्