अमेरिकी दावीः चीनलाई ध्वस्त पार्न सक्ने परमाणु हतियार बनाउँदै भारत

न्यूयोर्क, एजेन्सी । भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएको बेला अमेरिकी वैज्ञानिकहरुले डरलाग्दो कुरा सार्वजनिक गरेका छन् ।

भारतको परमाणु शक्ति नामक लेखमा अमेरिकाका दुई वैज्ञानिकले भारतले चीनको सम्पूर्ण क्षेत्र कभर गर्न सक्ने क्षमताको परमाणु हतियार बनाउन थालेको दावी गरेका हुन ।

संसारमा परमाणु हतियार नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्र संघको अभिसन्धी अनुसार, कुनै पनि देशले परमाणु हतियार निर्माण गर्न पाउँदैन । इराकमाथि यही विषयमा अमेरिकाले आक्रमण गरेको थियो ।

अमेरिकी वैज्ञानिक हेन्स क्रिस्टेन्सन र रोबर्ट नोरीले चीनलाई नियन्त्रणमा लिन सक्ने मिसाइल बनाइरहेको दावी गरेका हुन । तर यो मिसाइल परमाणु मिसाइल रहेको उनीहरुले उल्लेख गरेका छन् ।

हालसम्म भारतसँग २ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने अग्नी मिसाइल रहेको छ । तर अब भने ५ हजार किलोमिटरसम्म हान्न सक्ने मिसाइल बनाउन थालेको लेखमा उल्लेख छ ।

भारतसँग १५० देखि २ सय परमाणु हतियार बनाउने प्लुटोनियम रहेको उनीहरुले बताएका छन् । परमाणु बम बनाउन यूरेनियम र प्लुटोनियम नाम पदार्थ आवश्यक पर्दछ । लेखमा उल्लेख भए अनुसार, यतिखेर भारतसँग ७ वटा परमाणु सक्षम सिष्टम रहेका छन् । यसमा चार ब्यालेष्टिक मिसाइल, दुई एयरक्राफ्ट र एउटा समुन्द्रमा आधारित ब्यालेष्टिक मिसाइलर रहेका छन् । वैज्ञानिकको दावी अनुसार, भारतले कम्तीमा दुई अन्य यस्तै सिष्टम बनाइरहेको छ ।

फिचर तस्वीरः भारतको अग्नी मिसाईल

कमेन्ट गर्नुहोस्