प्लाष्टिकको चामलबारे अनुसन्धान शुरु, एक पक्राऊ, भोली रिपोर्ट आउने

काठमाडौं, असार २९ । बजारमा प्लाष्टिकको चामल बेचिएको चर्चा चुलिएपछि सरकारले यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चामलका बोरामा नक्कली प्लाष्टिकको चामल मिसावट गरी बेचिएको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परिक्षण अनुसन्धान शुरु गरेको हो ।

विभागले प्लास्टिक मिसिएको भनिएको चामलको ल्याब टेस्ट गरिरहेको छ । परीक्षणको रिपोर्ट भोली शुक्रबार आइसक्ने विभागले जनाएको छ ।

यसैबीच चामलमा मिसावट गरी बिक्री गरेको आरोपमा प्रहरीले सीतापाइलस्थित शेरचन ब्रदर्श प्राइभेट लिमिटेडका सञ्चालक टंकप्रसाद शेरचनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा पकाइएको चामलमा प्लास्टिक मिसिएको आशंका उत्पन्न भएपछि परीक्षण अघि बढाइएको हो ।

कमेन्ट गर्नुहोस्