आयोगका ३ पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोड कर छली आरोपमा मुद्दा दायर

अख्तियारको निर्णय कर फर्स्यौट आयोगका पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोडको भ्रष्टाचार मुद्दा दायर गर्ने

काठमाडौं, असार २९ । अख्तियारले कर फर्स्यौट आयोगका ३ पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा बिगो माग दाबीसहित दर्ता गर्ने निर्णय गरेको छ ।

अख्तियारले तयार पारको आरोप पत्र केही बेरमा विशेष अदालतमा दर्ता गरिदै छ । आरोप पत्रमा कर फर्स्यौट आयोगका अध्यक्ष लुमध्वज महत, सदस्य सचिव र सदस्य उमेश ढकाल तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई विपक्षी बनाइएको छ ।

अख्तियारले कर फर्स्यौट आयोगका कुल १०७९ मध्ये करिब ५० वटा फाइल मात्रै हेरेको हो ।

कमेन्ट गर्नुहोस्