स्थानीय तहको प्रमुख प्रधानमन्त्री भन्दा ठूलो :अध्यक्ष बिजुक्छें

भक्तपुर, असार २९ । स्थानीय तहमा कर्मचारी समायोजन गरी पठाउनु स्थानीय स्वायत्त शासनको बर्खिलाप भएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन ।

भक्तपुरको पहिलो नगर सभाको बिहीबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले स्थानीय तहलाई सरकारी कर्मचारी पठाउनु गाउँनगरमा सिंहदरबार पुर्‍याउने नीतिको विपरित भएको बताए ।

‘स्थानीय तहमा समायोजनको नाउँमा कर्मचारी पठाउन स्थानीय स्वायत्त शासनविपरीत छ’, उनले भने, ‘यो सिंहदरबार गाउँनगर पठाउने नीतिको बर्खिलापसमेत हो।’

अध्यक्ष बिजुक्छेंले भने ‘स्थानीय तहमा त्यहाँका प्रमुखको स्थान प्रधानमन्त्रीको भन्दा माथि हुन्छ। तर कर्मचारी समायोजन विधेयक बनाउने कर्मचारीहरुलाई स्थानीय तहको भावना र मर्म नै थाहा छैन।’

कमेन्ट गर्नुहोस्