संसदमा मुख्यसचिव सुवेदीको चर्को आलोचना, सरकारको जवाफ माग

काठमाडौं, असार २९ । मुख्यसचिव पदबाट राजीनामा नदिई एसियाली विकास बैंक (एडीबी) को जागिर खान जाने तयारीमा रहेका सोमलाल सुवेदीको सांसदहरुले चर्को आलोचना गरेका छन ।

बिहीबारको संसद बैठकमा बोल्ने अधिकांश सांसदहरूले सुवेदीले बढी पेन्सन पाउनका लागि सरकारको मुख्यसचिव जस्तो पदको गरिमाको ख्यालै नगरि एडिबीको जागिर खान जानु लाज मर्दो भएको बताएका छन् संसदहरुले यस विषयमा सरकारको पनि कमजोरी भएकाले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जवाफ मागेका छन्।

नेमकिपाका सांसद प्रेम सुवालले एडीबीको जागिर खान जाने विषय सार्वजनिक हुने बित्तिकै उनलाई पदबाट हटाउनु पर्नेमा नहटाएर सरकारले कमजोरी गरेको बताए।

उनले मुख्य सचिव सुवेदीले राष्ट्रिय हित विपरीत काम गरेको र साम्राज्यवादी दलाल भएको समेत टिप्पणी गरे।

कमेन्ट गर्नुहोस्