घुससहित अधिकृत पक्राउ

महोत्तरी, असार २९ । जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत नगिना रायलाई रु ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासको टोलीले बिहीबार कार्यक्रम अधिकृत रायको कार्यकक्षमा छापा मारी रकम बरामद गरिएको आयोगले जनाएको छ ।

रायलाई थप अनुसन्धानका लागि सम्पर्क कार्यालय बर्दिवासमा ल्याइएको छ । रासस

कमेन्ट गर्नुहोस्