१९ वर्ष मुनिको विश्वकप क्रिकेट छनौटका लागि नेपाली टोलीको घोषणा, टोलीमा को–को परें ?

काठमाडौं, असार २९ । आगामी सन् २०१८ मा न्युजिल्याण्डमा हुने १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर बेंकटापथी राजु प्रमुख रहेको छनौट समितिले नेपाली खेलाडीहरुको घोघणा गरेको हो ।

समितिमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र १९ वर्ष मुनिकाको राष्ट्रिय टोलीका प्रशिक्षक बिनोदकुमार दास पनि रहेकाछन् ।

नेपालले अफगानिस्तान, सिंगापुर र मलेसियासँग विश्वकप प्रवेशका लागि प्रतिष्पर्धा गर्दैछ । नेपाली टोली आगामी शनिबार सिंगापुर प्रस्थान गर्दैछ ।

१९ वर्षमुनिको नेपाली टोलीमा निम्न खेलाडी पर्न सफल भएका छन
१. सन्दिप लामिछाने ९कप्तान०
२. दिपेन्द्र सिंह ऐरी
३. मोहम्मद असिफ शेख
४. सन्दिप सुनार
५. प्रकाश केसी
६.अनिल कुमार साह
७. पवन सर्राफ
८. रोहित कुमार पौडेल
९. ललित नारायण राजवंशी
१०.प्रनित थापा मगर
११. अदिल खान
१२.किशोर महतो
१३. रिजन ढकाल
१४. शहाब आलम
वैकल्पिक खेलाडी
१. सन्दिप जोरा
२. विक्रम कुमार भुसाल
३. रसिद खान
४. सुशान्त सिंह थापा

कमेन्ट गर्नुहोस्