माओवादी केन्द्रले मन्त्रीको टुंगो लगायाे, मन्त्रालय बाँकी

काठमाडौं , असार ३० । सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ । कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुनेबित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन ।

‘पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवारी तोक्न सकिएको छैन’ नेता हरिबोल गजुरेलले भने – मन्त्रालय टुंगिन वित्तिकै जिम्मेवारी तोकिन्छ । उनका अनुसार पार्टीले प्रत्यक्ष निर्वाचित भएकाालार्य प्राथमिकता दिएर देउवा मन्त्रिमण्डमा पठाउने निर्णय लिएको छ ।

मन्त्री र मन्त्रालय टुंग्याउने जिम्मा माअोवादीले अध्यक्ष प्रचण्डलार्इ दिएको छ । सोअनुसार गिरिराजमणि पोखरेल, प्रमुख सचेतक टेकबहादुर बस्नेत, सन्तबहादुर चाैधरी, शिवकुमार मण्डल, अशोक जयसवाललगायत नामहरू प्राथमिकतामा परेका छन् ।,  नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्