अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, असार ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उक सांसदले अविश्वासको प्रस्ताव पेस गरेका छन् । क्यालिफोर्नियाका डेमोक्रेट सांसद ब्राड सेरम्यानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नताबारे भइरहेको छानबिनलाई प्रभावित पारेको भन्दै ट्रम्पविरुद्ध अविश्वसाको प्रस्ताव पेस गरेका हुन् ।

ट्रम्पले रुसी संलग्नताबारे छानबिन गरिरहेका एफबीआई निर्देशकलाई बर्खास्त गरेका थिए । ब्राडका अनुसार ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने लामो बाटोको यो पहिलो खुड्किलो हो ।

उनको यो प्रसतावलार्य डेमोक्रेटिक सांसदहरुकै समर्थन नभएकाले राष्ट्रपतिलाई महाभियोग लाग्ने सम्भावना न्यून छ ।

कमेन्ट गर्नुहोस्