विदेश भ्रमणमा अर्थ मन्त्रालयका कर्मचारीले पहिलो स्थानमा

काठमाडौं, असार ३० ।  वैदेशिक मामिला हेर्ने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पनि उछिन्दै विदेश भ्रमणमा अर्थ मन्त्रालयका कर्मचारीले पहिलो स्थान ओगटेका छन् । पछिल्लो दुई महिनामा अर्थका १ सय ४४ जनाले विदेश भ्रमणको स्वीकृति गराएका छन् ।

जेठ २ देखि असार २७ सम्म गरिएको विदेश भ्रमण स्वीकृति गराउनेमा परराष्ट्रका ९० कर्मचारी छन् ।

दुई महिनामा सरकारका विभिन्न निकायमा कार्यरत एक हजार चार सयभन्दा बढी कर्मचारीको विदेश भ्रमण स्वीकृत भएको छ । भ्रमण स्वीकृत गराएका केही विदेश सयरमा छन् भने केही जान बाँकी छ। खासगरी बजेट सक्ने उद्देश्यले विदेश भ्रमण हुने गरेका छन् ।, नागरिकमा खबर छ ।

विदेश भ्रमणका लागि अर्थको सहमति लिनुपर्ने व्यवस्था छ । जानकारका अनुसार अर्थका कर्मचारीलाई भ्रमण टोलीमा संलग्न नगराउन्जेलसम्म भ्रमणका लागि स्वीकृति नै मिल्दैन। यस कारण हरेकजसो भ्रमणमा अर्थका कर्मचारी पर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्