चूडामणि शर्माविरुद्ध आज मुद्दा : तीन जनामाथि ११ अर्बको अभियोग

काठमाडौं, असार ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै शुक्रबारलाई सरेको छ ।,अन्नपूर्ण पोस्टमा खबर छ ।

सर्वोच्च अदालतले शर्मालाई आफूसमक्ष उपस्थित गराउन तोकेभन्दा एक दिनअघि नै बिहीबार हतार-हतार अख्तियारले मुद्दा दर्ता गर्न लागेको थियो । व्यापारिक फर्मसँगको मिलेमतोमा कर फछ्र्योटमा करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले शर्मासहित तीन जनाविरुद्ध मुद्दा दर्ता गर्ने भएको हो ।

शर्माकी पत्नी कल्पना उप्रेतीले दुव्र्यवहारको आरोपसहित दर्ता गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार उनलाई उपस्थित गराउन अख्तियारलाई आदेश दिएको थियो । अख्तियारले भने त्योभन्दा एक दिनअघि नै शर्माविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

कमेन्ट गर्नुहोस्