नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउको निधन कसरी ?

सेन्याङ चीन, असार ३० । लामो समयदेखि जेल जीवन विताईरहनु भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ ।

कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पिडित लिउलाई केहीदिन अगाडी मात्रै राष्ट्रिय÷ अन्तर्राष्ट्रिय दवावपछि जेलमुक्तगरी उपचारका लागि अस्पताल लगिएको थियो ।

उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले लिउको निधन भएको तथ्य आफ्नो वेभसाइट मार्फत् सार्वजनिक गरेको छ । लिउलाई तीनदिनदेखि गहन उपचार गरिएको थियो ।

लिउको स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो । लिउको प्राकृतिक श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन आवश्यक रहेकोमा उहाँका परिवारजनले अस्विकार गरेका थिए ।

चीनको शासन व्यवस्थाको पूर्नसंरचा गर्नु पर्ने, आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनु पर्ने लगायतका अभियान चालेका प्रजातन्त्रका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो । त्यसपछि सन् २००९ मा लिउलाई  ११ बर्षे जेल सजाँयको घोषणा गरिएपछि लिउले अहिले सम्म पनि काराबासको सजायँ भोगी रहेका  थिए ।

उनले सन् २०१०मा जेलमै भएका बेला नोबेल शान्ति पुरस्कार पाएका थिए  ।

सन् १९३८ ताका नाजीहरुका राज्यकालमा नोबेल पुरस्कार बिजेता जर्मनका कार्ल भान ओसित्स्कीको जेलमै मृत्यु भएझैँ चिनियाँ अधिकारकर्मी लिउको पनि जेलमै मृत्यु हुने खतरा देखेपछि सघन उपचारका लागि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

लिउको उपचारका बारेमा चासो दिँदै जर्मनी सरकारका प्रवक्ता स्टेफेन सेइबेर्टले उनको सम्पूर्ण उपचार जिम्मा लिन जर्मनी तयार रहेको बताएङ्ताका थिए  ।

तर, अन्तर्राष्ट्रिय आग्रहका बारेमा केही नबताए पनि चिनियाँ सरकारले भने सम्भव भएसम्मका स्वदेशी उच्च चिकित्सकहरुको संलग्नतामा उहाँको उपचार गरिएको दावी गरेको थियो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता चेङ सुआङगले बुधबार चीनको न्यायिक सार्वभौमसत्ता अन्य देशले सम्मान गर्नुपर्ने भन्दै कुनै पनि व्यक्ति विशेषको स्वास्थ्यको विषयलाई लिएर कुनै पनि टीकाटिप्पणी गर्नु आन्तरिक मामिलामा हस्तक्षेप गर्नु सरह हुने उहाँले बताउनु भएको थियो ।

गत हप्ता एक जना जर्मन र एक जना अमेरिकी चिकित्सकले लिउलाई भेटेपछि विदेशमा सुविधा सम्पन्न अस्पतालमा जान उहाँ अझै पनि सक्षम रहनु भएको बताएका थिए ।

त्यसलगत्तै उहाँ उपचाररत अस्पतालले उहाँको अवस्था दिन प्रतिदिन कमजोर भइरहेको प्रतिवेदन प्रकाशन गर्दै आइरहेको थियो । उहाँलाई भेट्न पनि सिमीत व्यक्तिहरुलाई मात्र दिइएको थियो ।

ताईवानका राष्ट्रपति चाई इङ–वेनले पनि लिउलाई काराबासमुक्त गर्न र उहाँले इच्छा गरे अनुसारको स्वतन्त्रतापूर्वक उपचार गराउने हकबाट बन्चित नगर्न बेइजिङगसँग ट्विटरमार्फत आग्रह गर्नुभएको थियो ।

साथै लिउले ताईवानमा उपचार गराउने इच्छा गरेमा त्यसका लागि आफू तयार रहेको समेत उहाँले बताउनुभएको थियो ।

त्यसैगरी अमेरिकामा उपचार गराउन चाहेमा उहाँलाई स्वागत गर्न इच्छुक रहेको भनी गत मङ्गलबार अमेरिकाले पनि लिउलाई मुक्त गर्न चीनसँग आग्रह गरेको थियो । रासस÷एएफपी
––––––

कमेन्ट गर्नुहोस्