प्रदेश चुनावका लागि माओवादीकाे घोषणा पत्र लेखन समिति गठन

काठमाडौं, असार ३० । नेकपा माओवादी केन्द्र प्रदेश कमिटिले प्रादेशिक चुनावको तयारी शुरु गरेका छन् । प्रदेश नम्वर १ ले प्रदेश चुनावका लागि घोषणा पत्र लेखन समिति समेत बनाईसकेको छ ।

गोपाल किरातीको संयोजकत्वमा बनेको समिति सात सदस्यीय छ । समितिको सचिवमा हेमराज भण्डारी तथा सदस्यहरुमा डा शिवकुमार राई, प्राडा पीके झा, प्राडा भेषकुमारी गुरुङ, प्राडा डम्बर च्यामजोङ र गम्वु शर्पा छन् ।

सचिव भण्डारीका अनुसार समितिले पहिलो चरणमा प्रारम्भिक मस्यौदा बनाउने छ र अनितम रुप दिनु अगाडि १ नम्वर प्रदेशका १४ वटै जिल्लामा गएर सुभाव संकलन गर्नेछ ।
पहिलो र दोस्रो चरणमा गरी ६ प्रदेशमा स्थानीय तहको चुनाव भैसकेको छ भने दुई नम्वर प्रदेशमा तेस्रो चरण अन्तर्गत असोज २ गते चुनाव हुँदैछ ।

स्थानीय तहको चुनाव सकिएका प्रदेशम अव प्रदेश चुनावको तयारी शुरु भएको छ । संवैधानिक व्यवस्था अनुसार माघ ७ भित्र प्रदेश र संघीय चुनाव गर्नेपर्ने छ ।

कमेन्ट गर्नुहोस्