राप्रपालाई बदनाम गर्न खोजिएको छ : अध्यक्ष थापा

काठमाडौं असार ३० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी संविधान संसोधनका विपक्षमा रहेको भनी अन्य पार्टीहरुले बदनाम गर्न खाजेको आरोप लगाएका छन् ।

शुक्रबार एक मिडियासँग कुराकानी गर्दै अध्यक्ष थापाले संविधान संशोधनका विषयमा आफ्नो पार्टीभित्र कुनै विवाद नरहेको र राप्रपा पार्टी एकमतले संविधान संशोधनको पक्षमा रहेको दावी गरे । राप्रपा एमाले लगायतका दलले भनेजस्तो राष्ट्रघाती नभएको समेत थापाले बताए ।

आन्दोलनरत राजपा लगायतका दललाई राजनीतिको मुलधारमा ल्याई संविधान कार्यान्वयनमा सहयोगी बन्न अन्य दलको एजेण्डालाई पनि आफूले सहयोग गरेको थापाले बताए ।

संशोधन अघि बढाउनेबेला पार्टीका सांसद हराएको भन्ने आरोपले राप्रपालाई बदनाम गर्ने षडयन्त्र भएको उनले दावी गरे ।

आन्दोलनरत राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्दै राष्ट्रिय एकता कायम राख्न संविधान संसोधन आबश्यक रहेको भन्दै उनले प्रतिपक्षी एमालेले पनि सुझबुझपूर्ण निर्णय लिनुपर्ने बताए ।
अध्यक्ष थापाले अस्थितरताले विखण्डनकारी शक्तिलाई फाइदा पुग्दो उल्लेख गर्दै संबिधान कार्यान्वयनका लागि दलहरु एकजुट हुन आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्