राष्ट्रपतिलाई गाली गर्ने सुनारलाई सिआइबीले झिकायो काठमाडौं

काठमाडौं, असार ३० । सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने पत्रकारलाई प्रहरीले काठमाडौं झिकाएको छ ।

राष्ट्रपतिले गाडी किन्नका लागि १६ करोड रुपैयाँ माग गरेको भन्दै फेसबुकमा राष्ट्रपतिलाई गालीगलौज गर्ने कपिलवस्तु तौलिहवाको हुँदा रेडियोका स्टेशन म्यानेजर सोनुकुमार सुनार बुधबार रेडियो कार्यालय अगाडिबाट पक्राउ परेका थिए ।

साइबर क्राइम अन्तर्गत अनुसन्धान गर्न सिआइबीले उनलाई काठमाडौं झिकाएको हो ।

उनलाई आजै अदालत पेश गरी म्यान थप गरेर अनुसन्धान गर्ने सिआइबीका प्रवक्ता मिरा चौधरीले जनकारी दिनुभयो ।

पक्राउ परेका सुनारले अपाच्य शब्द प्रयोग गर्दै फेसबुकमार्फ राष्ट्रपतिलाई गाली गरेका थिए ।

उज्यालो अनलाइनबाट

कमेन्ट गर्नुहोस्