कमल थापाका कारण पार्टी विभाजन हुन्छ : राणा

काठमाडौं, असार ३० । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले अध्यक्ष कमल थापाको एकलौटी कार्यशैलीका कारण पार्टी विभाजन हुने खतरा भएको बताएका छन् ।

शुक्रवार एक विज्ञप्तिजारी गर्दै थापाले पार्टीमा कुनै छलफल नै नगरी ४२ जना केन्द्रीय सदस्य मनोनित गरेकोमा आपत्ती प्रकट गरेका छन् । राणाले थापाको यस्तो एकलौटी कार्यशैलीप्रत्ति आपत्ति प्रकट गरेका छन् ।

राणाले भने, ‘केन्द्रीय कार्यसमिति विस्तारबारे केन्द्रीय नेताहरुसंगको परामर्श गर्नुपर्ने त्यस्तो केही नगरी मनोमानी रुपमा गरिएको छ । मधेशी, दलित, पिछडिएको वर्ग सबैको समानुपातिक प्रतिनिधित्व गर्नुपर्नेमा एकांगी रुपमा गरिएको मेरो असहमति छ ।’

‘अध्यक्षको यो यस्तो एकल मनोगत निर्णय र कार्यशैलीले पार्टीमा अनिष्ट र विग्रहको स्थिति पैदा हुनेछ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्