गरिबले सित्तैमा बस चढ्न पाउने !

काठमाडौं, असार ३० । काठमाडौं महानगरपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र बाँड्ने भएको छ । सोही परिचयपत्रका आधारमा गरिबहरुले साझा बसमा निःशूल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइने भएको छ ।

यसअघि अपांग र वृद्ध/वृद्धाहरुका लागि मात्रै साझा यातायातमा निःशुल्क व्यवस्था गरिएको भएपनि अबदेखि नै गरिबहरुले पनि निःशुल्क यात्रा गर्न पाउने भएका छन् । महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले सो कुरा बताएका हुन् ।

मेयर शाक्यले आगामी आर्थिक वर्ष २०७४/ ७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अब राजधानमा गरिवहरुले समेत निःशुल्क साझा चढ्न पाउने भएका हुन् ।

कमेन्ट गर्नुहोस्