सुनसरीको आगलागीमा सात करोडको क्षति

इटहरी, असार ३० । सुनसरीको इटहरीमा एउटा मार्बल टायल कारखानामा लागेको आगलागीका कारण करिब सात करोड बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

इटहरी उपमहानगरपालिका–६ स्थित युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल कारखानामा राती १२ बजेदेखि लागेको उक्त आगोका कारण मार्बल टायल र सेनिटरीका सामग्रीहरुमा समेत क्षति पुगेको छ ।

विद्युत्को मेन स्विच सर्ट भएर सुरु भएको उक्त आगलागीबाट दोकानमा भएका सम्पूर्ण सामग्रीसमेत जलेर ६ करोड बराबरको सामान नष्ट भएको छ भने कार्कीको मार्बल टायलको दोकानसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट हुँदा करिब रु ६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालकले बताएका छन् ।

घटनामा मानवीय क्षति भनेको भएको छैन ।

कमेन्ट गर्नुहोस्