७० लाख ५९ हजारको अबैध सुनसहित भारतीय नागरिक पक्राउ

हेटौंडा, असार ३० । हेटौंडा उपमहानगरपालिका—१५ बाट  एक केजी ५ सय १६ ग्राम अवैध सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

शुक्रबार भारत पूर्वी चम्पारणका ३५ वर्षीय सुमनकुमारलाई ७० लाख ५९ हजार मूल्य बराबरको एक केजी ५ सय १६ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौबाट बीरगन्जतर्फ गइरहेको ना १ ज ४०२९ नम्बरको टाटासुमोलाई हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटेमा रहेको चेकपोष्टका प्रहरीले चेकजाँच गर्ने क्रममा भारतीय नागरिक सुमनका साथबाट सो परिमाणको अवैध सुन फेला परेको प्रहरी जनाएको छ ।

थप अनुसन्धानका लागि पक्राउ परेका भारतीय नागरिक र बरामद गरिएको सुनसहित प्रहरीले आन्तरिक राजस्व कार्यालय पथलैयालाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्