झुक्यो भारत, चीनसँग वार्ता गर्न दूत पठाउने

नयाँ दिल्ली, सिक्किमसँग जोडिएको सीमाविवाद चुलिएको बेला भारतले चीनसँग कुटनीतिक पहल गर्न दूत पठाउने निर्णय गरेको छ ।

चीनले भारतलाई धम्कीयुक्त भाषामा सैनिक हटाउन भन्दै युद्दको तयारी गरेपछि भारत पछि हटेको हो ।

सरकारका तर्फबाट सीमा विवादबारे आज शुक्रबार विपक्षीहरुसहितको बैठकको आयोजना नयाँ दिल्लीमा गरिएको थियो । बैठकमा विपक्षीहरुले सरकारको कटु आलोचना गरेका छन् ।

याे पनि पढ्नुस  चीनले फेरी दियो भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार बस

भारतका तर्फबाट कुटनीतिक विशेषज्ञ अजित डोभाल चीन भ्रमणमा जाने तय भएको छ । डोभालले राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठकमा भाग लिनुका साथै चिनियाँ समकक्षी याङ जिसीसँग कुरा गर्ने छन्

यसअघि जी २० को बैठकको बेला जर्मनीमा भारतीय प्रधानमन्त्री र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता भएको दावी भारतले गरेको थियो । चीनले भने भारतसँग कुनै औपचारिक वार्ता नभएको र सेना नहटाएसम्म यसको सम्भावना समेत नभएको बताएको थियो ।

याे पनि पढ्नुस  चीन र भारतबीच बिग्रेड कमाण्डर स्तरकाे वार्ता निष्कर्शविहिन

भारत र चीनबीच सिक्किमसँग जोडिएको सीमा क्षेत्रमा विवाद जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्