म्यानपावर व्यवसायीलाई देउवाको कडा निर्देशन

काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले म्यानपावर व्यवसायीले विदेशमा कामदार पठाउने मात्रै नभइ उनीहरुको आर्थिक, भौतिक सुरक्षामा समेत ध्यान कडा निर्देशन दिएका छन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन पहल गर्ने पहल गर्ने पनि सबै पक्ष सचेत आग्रह गरेका छन ।

प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले गरेको योगदान महत्वपूर्ण रहेको बताउदैव्यवसायीबाट निःशुल्क प्रवेशाज्ञाको व्यवस्था पुनरावलोकनको माग आएको र त्यसका लागि सबै दलको सहमति आवश्यक रहेको बताए । साथै त्यस विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्