यी युवाले गरे ११० महिलासँग डेटिङ, एकवर्षमा ३६५ पुर्याउने लक्ष

चेन्नई । मानिसका शौख पनि कस्ता कस्ता हुन्छन् । कसैलाई एकजना युवतीसँग समेत बोल्न र घुम्न डर
लाग्छ, यिनी भने अहिलेसम्म एक सय दश महिलासँग डेटमा गइसकेका छन् । अचम्म त के भने यिनलाई यो वर्ष मात्रै ३६५ महिलासँग डेटिङ गर्ने धोको छ । त्यसैले उनले हरेक दिन घुम्नका लागि एकजना महिलाको चुनाव गर्ने गर्छन् ।

तर यी कुनै सनकी प्रेमी भने होइनन् । बरु चर्चित कलाकार हुन दक्षिण भारतीय फिल्म उद्योगका । सुन्दर
रामु नाम गरेका यी व्यक्ति चेन्नईमा फैसन फोटोग्राफर र तमिल फिल्ममा कलाकार हुन ।

यिनी जो पायो त्यहीसँग र जसरी पायो त्यसरी डेटिङ जाँदैनन् । न त उनले कुनै सुन्दर स्थानको चयन नै गर्छन् । यति मात्रै हो र ? उनले खानाको बिल समेत आफू तिदैनन् ।

अचम्म लाग्छ, उनले २१ वर्षदेखि १०५ वर्षकी बृद्धासम्म डेटिङ गरका छन् । उनले कैयन चर्चित हस्तीहरुसँग पनि डेट गरेका छन् । एक्ट्रेस श्रिया सरन, लेखा, सुचित्रा कार्तिक कुमारदेखि चेन्नईका डिएमके नेताकी श्रीमतीसँग समेत उनी डेटिङमा गइसकेका छन् ।

कमेन्ट गर्नुहोस्