उच्च अदालतको फैसला लक्खा भाईको विरुद्दमा, अब सर्वोच्च जाने

बैतडी,असार ३० । मतगणना परिणाम बदर गरी दोहोर्‍याई पुनः मतगणना गराई पाउँ भनी राप्रपाका प्रमुख पदका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले हालेको रिटमाथि अदालतले पुनः मतगणना गर्ने आदेश तत्काल दिन नसकिने जनाएको छ ।

सुनुवाइको लागि उच्च अदालतले बिहीबार वादी र प्रतिवादीहरुलाई बोलाएको थियो। तर यथेष्ट प्रमाण नजुटेकोले भन्दै उच्च अदालतले पुनः मतगणना गर्ने आदेश तत्काल दिन नसकिने जनाएको छ।

यस अघि उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले असार २१ गते काम नगर्न र नगराउन दशरथ चन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह
थापाका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

राप्रपाका जोशी ६२ मतअन्तरले कांग्रेसका थापासँग पराजित भएका थिए। मत गणनामा धाँधली भएको ठहर गर्दै राप्रपा बैतडीले चुनावी परिणाम स्वीकार गरेको छैन। काम गर्ने बाटो खुलेपछि नवनिर्वाचित प्रमुख थापाले न्यायालयले लोकतन्त्रको पक्षमा फैसला सुनाएको बताए।

मतगणनामा धाँधली गरेर जनमतको दुरुपयोग गरिएको भन्दै पराजित उम्मेदवार लख्खाभाईले कानुनी लडाई अन्तिमसम्म लड्ने बताएका छन्।

कमेन्ट गर्नुहोस्