राजधानीमा मुसलधारे पानी, बाटो भेटाउनै गाह्रो

काठमाडौं, असार ३० । काठमाडौंको उत्तरी क्षेत्रमा शुक्रबार दिउँसो मुसलधारे वर्षा भएको हो ।

मुसलधारे पानी परेपछि बाटुवाहरुलाई बाटो पैलाउन गाह्रो भएको छ । जताजत्तै पानी जम्मा भएपछि बटुवालाइ बाटो र खोलो छुट्यान गाह्रो भएको थियो ।

बाटोभरी खोलो जसरी पानी बगेपछि बाटो नदेख्दा काठमाडौंको विभिन्न स्थानमा मोटरसाइकल र स्कुटरहरु खाल्डोमा छिरेका छन् ।

पैदल यात्रीहरु पानीमा भिज्दै आ–आफ्नो गन्तव्यतर्फ जान्न बाध्य भएका थिए ।

कमेन्ट गर्नुहोस्