अछामका द्धन्द्ध पीडितलाई १२ करोड राहत वितरण

होम साउद

अछाम, असार ३० । नेपाल सरकारद्वारा अछामका द्वन्द्व पीडितलाई १२ करोड तीन लाख ५० हजार रूपैयाँ बितण कार्य सुरु भएको छ । जिल्लाभरी १० वर्षे जनयुद्धका समयमा सहिद भएका र बिस्तापित भएका द्वन्द्व पीडितलाई उक्त रकम बितरण भईरहेको हो ।

जिल्लामा एक सय ९१ जना मृतक लाई रु ५ लाखका दरले राहत बितरण भइरहेको छ भने बिस्थापित भएका पाँच सय ८० परिवारका प्रति सदस्य २५ हजारका दरले राहत बितरण गर्ने निर्णय भएको स्थानीय शान्ति समिति अछामका सचिव अनिलकुमार बिष्टले जानकारी दिए ।

विष्टका अनुसार मृतक मध्ये १ सय २५ सर्वसाधारण, १२ प्रहरी, ४ जना सशस्त्र र १ जना नेपाली सेनालाई जनही पाँच लाखका दरले राहत बितरण भइसकेको छ भने अन्यलाई बितरण प्रक्रिया जारी रहेको छ ।

यस्तै बिस्थापित भएका द्वन्द्व पीडितका लागि आएको साढे पाँच करोड रकम पनि बितरण गर्ने निर्णय भएको बिष्टले जानकारी दिए । द्वन्द्व कालमा बिद्रोही र सरकारी दुवै पक्षवाट ठुलो मानवीय र भौतिक क्षती बेहोरेको अछाम जिल्लामा द्वन्द्व पीडितको संख्या अन्य जिल्लाको तुलनामा बढी रहेको छ ।

सरकारले मृतक र बिस्थापित भएकाहरुलाई राहत दिएपनि द्वन्द्वकालमा बेपत्ता भएका, कुटपिट भएका, धनमाल नोक्सानी भएका द्वन्द्व पीडितको ठुलो संख्याले अझैं राहत पाँउन सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्